
काठमाडौं।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ऊर्जा मन्त्री कुलमान घिसिङको राजनीतिक सक्रियतामाथि प्रश्न उठाएका छन् ।
उनले उनले प्रधानमन्त्री सुशीला कार्कीले ‘चुनावी उद्देश्य लिएर गैरदलीय सरकार’ बनाएको दाबी गर्ने तर, त्यही सरकारका मन्त्रीले आफ्नै अगुवाइमा नयाँ दल दर्ता गरेर चुनावी मैदानमा उत्रन लागेको परिस्थितिले नैतिक प्रश्न खडा भएको भन्दै दल दर्ता गरिसकेको व्यक्तिलाई सरकारबाट विदा गर्नुपर्ने बताएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्-‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ र?’




