
काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान) का संयोजक घनश्याम भुसाल र प्रगतिशील अभियान नेपालका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
काठमाडाैंको बबरमहलस्थित भुसालको कार्यालयमा तीन नेताले बुधबार साँझ एक घन्टा छलफल गरेका हुन् ।
विप्लवनिकट एक नेताका अनुसार तीन नेताले वाम एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल गरेका हुन् ।
उक्त भेटवार्तामा चरणबद्ध छलफल जारी राख्ने सहमति भएको छ ।





