काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।
साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यहि १७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने गौतमले बताए।