
काठमाडौं । नेकपा (एमाले)ले ‘संविधानको रक्षा र लोकतन्त्रको जर्गेनाका निम्ति’ जनपरिचालन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आज शनिबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकबाट कार्यक्रम तालिका बनाइएको हो ।
यही कात्तिक २२ मा वडामा जनभेला र त्यसको तीन दिनपछि २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
कात्तिक २९ गते जिल्लाहरूमा जनसभा गर्ने निर्णय गरिएको छ । मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय पनि गरिएको छ ।



