काठमाडौं।नेकपा (एमाले) ले ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ।
एमालेको शनिबार बसेको सचिवालयको ५९ औं बैठकले महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौंमै गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
‘केन्द्रीय कमिटीको दसौं बैठकले पोखरामाा गर्ने भनेको ११ औं महाधिवेशन स्थल आजको सचिवालय बैठकले परिवर्तन गरेको छ। अब पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिने छ,’ उनले भने।
एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।