काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् ।
पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ ।
‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’शर्माले बैठकमा भने ।