
कार्तिक ११.उमेर ढल्केका मानिसहरूको सोचाइमा लचकता नहुन सक्छ। समयसँगै उनीहरूको रिसको मात्रा बढ्ने र सानो-सानो कुरामा कचकच गर्ने बानी पनि देखिन सक्छ। यस्ता व्यवहारले गर्दा उनीहरूका सन्तान वा हेरचाह गर्नेहरूलाई झर्को लाग्न सक्छ। तर ठीक यही बेला हामीले धैर्यको अभ्यास गर्नुपर्छ, मैत्री र करुणाको भावना विकसित गर्नुपर्छ। त्यसले हाम्रा अग्रजलाई खुसी दिन्छ र हामीलाई पुण्य लाभ गर्ने अवसर।
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७३ बाट







