
काठमाडौ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुंगो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए ।
पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुने बताइएको छ ।


