rasowpa
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार दिउँसो ३ बजेसम्म बस्ने यो बैठक असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप नै बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको बैठकमा मूलतः तीन कार्यसूचीमाथि घनिभूत छलफल भइरहेको छ।
यसैबीच गत भदौ २३ र २४ गतेको उथलपुथलकारी राजनीतिक परिघटना (जेनजी विद्रोह) पछि उत्पन्न परिस्थिति, समाजमा सद्भाव कायम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर रास्वपाले सद्भाव यात्रा गर्दैछ। आजको बैठकले त्यसबारे पनि निर्णय गर्नेछ।