
काठमाडौं।पूर्वसभामुखद्धय ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन् ।
पूर्व सभामुखलाई मन्त्रिपरिषद्को निर्णयको आधारमा संसद् सचिवालयले गाडी सुविधा दिँदै आएको छ । गाडीका साथै आवश्यक इन्धर र सवारी चलाक सुविधा समेत प्राप्त गर्दै आएका छन् ।
र, सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।
प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ ।
यसअघि राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाडी फिर्ता गरिसकेका छन् ।



