काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसएको आठौं बैठकमा सहभागी हुने भएका छन् ।
आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने बैठकमा सहभागी हुन जान लागेका हुन् ।
उनलाई जानका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।