काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले वार्ता संविधानभित्रबाटै हुनुपर्ने बताएका छन् ।
जेनजी र नेपाली सेनाविच आर्मी हेडक्वाटरमा वार्ता चलिरहँदा उनले यस्तो बताएका हुन् ।
उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै देश र लोकतन्त्र नै खतरामा पार्न नहुने चेतावनी दिएका हुन् ।
‘मरुभूमिको फ्याउरो दक्षिण एसियाममा तीव्र वेगमा छ । हामी आफू सच्चिनुपर्छ र सच्चयाउनुपर्छु, उनले लेखेका छन्, ‘तर डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो। राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन । देश र डेमोक्रेसी हाइज्याक हुन सक्दैन। देश दशकअघि वा शतकपछि त्यो समयले प्रस्ट गर्छ ।’





