
लुम्बिनी ।नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् ।
गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका उनले नेकपमा एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष राजीनामा पठाएको बताएका छन् । उनले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै राजीनामा दिएको बताए ।
यस अघि सपथ ग्रहण कार्यक्रममा पनि उनी सहभागी भएनन् ।






