
काठमाडौं। नेकपा एमालेले ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको मुख्य नारा तय गरेको छ ।
दोस्रो विधान महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो नारा राजनीतिक प्रतिवेदनले टुंगो लगाएको हो ।
विधान महाधिवेशनको लोगो भने टुंगो लाग्न बाँकी छ ।
विधान महाधिवेशनको तयारीका निम्ति एमालेले विभिन्न उपसमिति बनाएर काम गरिरहेको छ ।
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापनको काम भइरहेको छ ।




