
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। यसैले आइतबार मध्यान्ह १२ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।






