काठमाडौं।नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन् ।
श्रेष्ठले भनिन्-‘ हामी संसदीय दलको बैठक बसेका थियौं । बैठकमा हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’
नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।
भोलि प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।