
काठमाडौं। बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी)ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरु भएको छ ।
गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ ।

