
काठमाडौं।सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने छ।
यसैगरी राजावादीहरुले जेठ १५ मा गर्ने भनिएको आन्दोलनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।



