काठमाडौं । नेकपा एमालेका सचिव माननीय योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाईप्रति आक्रोशित हुँदै आफ्नो धारणा राखेका छन् ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा भाग लिंदै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भन्दै प्रश्न गरे ।
भट्टराईले भने-‘बहालवाला प्रधानसेनापति र मुख्य सचिवलाई आफैंले हटाएको होइन् ?’
‘क.प्रचण्डलाई भन्न चाहान्छु तपाईले त प्रधानसेनापति नै हटाउनु भएको थियो त । एकपटक सम्झिनुस त कसरी हटाउनु भएको थियो प्रधानसेनापतिलाई । अनि अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो र अर्को मुख्यसचिव ल्याउनुभयो । अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनुभएको छ ?मुटुमै गोली लागेजस्तो किन भएको?’