
काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले राजीनामा दिएका छन्।
हानले बिहीबार प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिबाट राजीनामा दिएका हुन्। उनले देश र जनताका लागि ठूलो जिम्मेवारी लिनका लागि तत्काल पदबाट राजीनामा दिएको बताएका छन्।
उनले आगामी जुनमा हुने आम निर्वाचनमा उम्मेदवारी दिनका लागि अहिलेको पदबाट राजीनामा गरेको बताइएको छ।
मार्च २४ मा संवैधानिक अदालतले हानमाथि संसदले लगाएको महाभियोग बदर गरी उनलाई पुनः कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गराएको थियो।
यसअघि डिसेम्बरमा राष्ट्रपति युन सुक योलले सैनिक शासन लगाउने असफल प्रयास गरेपछि उनलाई संसदले महाभियोग लगाएको थियो।





