काठमाडौं । संसदमा राजेन्द्र लिङदेन संयोजक रहेको संसदीय उपसमितिले संसदीय समितिलाई पोखरा विमानस्थलको बारेमा प्रतिवेदन बुझाएको छ ।
उक्त प्रतिवेदनमा उपसमिति सदस्य गोकुल बास्कोटाले फरक मत राखेका छन् ।
प्रतिवेदन बुझाउन उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलन पछि सोही पत्रकार सम्मेलनमै एमाले साँसद समेत रहेका गोकुल बास्कोटाले प्रतिवेदन पूर्ण नरहेको अधुरो रहेको बताए ।
उनले प्रारम्भिक लागत अनुमान १४५ मिलियन अमेरिकी डलरबाट २९५.९६५ मिलियन अमेरिकी डलर कायम गर्न उपर्युक्त हुनेभनि तत्कालिन मन्त्रिपरिषद्ले बनाएको कार्यदलले के आधारमा लागत बढाएको र राजस्व छुटसम्बन्धी विवाद,निर्माण कार्य कतिपय सम्पन्न नभएको र प्राविधिक अडिट समेत पूर्ण रपमा नभएको अबस्थामै किन विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा र किन गरियो भन्ने विषय समेत यकिन गरी कारवाही सिफारिस गर्नुपर्ने भनि आफुले राय राखेको बास्कोटाले बताए ।
पत्रकार सम्मेलनमा बास्कोटाले भने -“प्रतिवेदन अधुरो भयो । सबै बैठकमा सहभागी थिइँन् । एउटा बैठकको भ्रम चलाइएको छ । हस्ताक्षर गरेन् भनिएको छ,सही गर्न नै भनिएको छैन् भने कसरी सहि हुन्छ ? सही गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो इच्छाको कुरा हो । ”

उनले अगाडि भने -“केही न केही गडबडी देखिन्छ । प्राविधिक अडिट गर्ने काम उपसमितिले गर्न सक्ने कुरा थिएन् । सबै कुरा अन्तिम टुँगोमा नपुगेका कारण मूल समितिले नै थप अनुसन्धान र अध्ययन गरी सत्य तथ्य पत्ता लगाउनु जरुरी छ ।”





