
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना छुटेका छन्।
आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका ७ जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरू सबैलाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको थियो।
पम्प्लेट बोकेर नाराबाजी गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।






