काठमाडौं ।नेपाल बार एशोसियसनको अध्यक्ष पदमा प्रा.डा.विजय मिश्र जीत नजिक पुगेका छन् ।
उनीसँगै उनका प्यानलका सम्पूर्ण पदका उम्मेदवारहरु जीत नजिक पुगेका छन् ।
नयाँ नेतृत्वको लागि गत शनिबार सम्पन्न निर्वाृचनको पछिल्लो मतगणना परिणाम अनुसार प्राडा मिश्र सहित उनको प्यानल प्रतिद्धन्दीभन्दा दोब्बर मतको हाराहारीमा अगाडि देखिएकोछ ।
डिएलए र पीपीएलए निकट अध्यक्ष पदका उम्मेदवार प्रा.डा.विजयप्रसाद मिश्र ४८ सय ९२मत सहित अग्रस्थानमा रहेका छन् । यसैगरी माओवादी र रास्वपा निकट रमनकुमार श्रेष्ठले २२ सय २९मत पाएका छन् ।
यसैगरी महासचिवमा मिश्र प्यानलका केदार कोइराला ४ हजार ७ सय चार मत सहित अग्रस्थानमा छन् भने उनलाई पछ्याइरहेका यज्ञमणि न्यौपानेले २हजार २९ मत पाएका छन् ।
यसैले प्राडा.विजय मिश्रको सम्पूर्ण टीमको जित सुनिश्चित जस्तै देखिएको छ ।
ललितपूर बारको ५६० गन्न बाँकी रहेको र भोली उक्त मत गणना हुने जनाइएको छ ।