काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झौता तोडेका कारण उनलाई दिइँदै आएको सेवा सुविधाबारे सोच्नुपर्ने बताएका छन्।
सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
उनले सरकारलाई प्रश्न गरे -“सम्नानित नागरिकका रूपमा मात्रै होइन,पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो तर त्यो सम्झौता ज्ञानेन्द्रले आज निर्मल निवासमा बसेर भंग गरेका छन् । सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन ?”
भट्टराईले पूर्वराजाले लफंगाहरूलाई कमाण्डर बनाएर तीनकुनेमा ताण्डव नचाएको आरोप पनि लगाए ।