
काठमाडौं। तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि कर्फ्यु आदेश जारी भएको छ।
शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका राजवादीहरुको भिड अराजक र हिंसात्मक बनेको थियो।
उनीहरूले तीनकुनेमा एउटा भवन,आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय,जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र,भाटभटेनी सुपर मार्केट,अन्नपूर्ण मिडिया,कान्तिपूर लगायत विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेका थिए।
यसपछि जारी भएको कर्फ्यु आदेशसँगै सरकारले सेना परिचालन गरेको छ ।
स्थिति अनियन्त्रित बन्दै गएपछि दिउँसो कर्फ्यु आदेश जारी भएको थियो।
कर्फ्यु आदेश जारी भएपछि तीनकुने क्षेत्रमा बख्तरबन्दसहित सेना पुगेको थियो।
प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि त्यसको पालना गराउन सेना परिचालन गरिने व्यवस्था छ।





