काठमाडौं । समाजवादी मोर्चाले आउँदो १५ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ । आज बुधबार बसेको मोर्चाको १२ औं केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको उनले बताएका छन् ।
‘१५ गतेको समाजवादी मोर्चाले गर्न लागेको विशाल विरोध प्रदर्शन र सभा कार्यक्रमलाई व्यवस्थित गर्ने भएको छ,’ उनले भने, ‘मास हजारौं संख्यामा उपस्थित गराउने निर्णय भएको छ ।’ त्यस्तै, गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान पनि भएको उनले बताए । जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको उनले बताए ।
यी हुन् तीन रुट
रुट–१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकुटीमण्डप
रुट–२ : कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकुटीमण्डप
रुट–३ : नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप