
भक्तपूर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले नारायणमान बिजुक्छे(रोहित)लाई नै अध्यक्ष बनाएको छ ।
वि.सं.२०३१ सालमा पार्टीको स्थापना भएयता लगातार ८५ बर्षे बिजुक्छे अध्यक्ष रहँदै आएका थिए ।
महाधिवेशनले पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई चयन गरेको छ।
केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन भए।
यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही केन्द्रीय सदस्य चयन भएका छन्।
महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ।







