काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन्।
सभापति देउवा र उनका स्वकीय सचिव भानु देउवा बिहीबार भारत जाने भएका हुन्।
सभापति देउवा भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउन्डेसनले गर्ने कुम्भ ग्लोबल समिटमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सभापति देउवा शुक्रबार कार्यक्रममा सहभागी हुनेछन्।