
काठमाडौं ।नेपाली कांग्रेस र नेकपा (एमाले)को उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजै बस्दै छ ।
आज साँझ ६ बजेदेखि बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु रहेको संयन्त्रको बैठक बसिरहेको हो । बैठकमा अध्यादेशबारे छलफल हुँदै गरेको जनाइएको छ । सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि संयन्त्रको बैठक बसेको हो ।




