काठमाडौ । साहित्यकार सरस्वती प्रतिक्षाको नयाँ उपन्यास स्व सार्वजनिक भएको छ ।
बुकहिल पब्लिकेसन प्रालिले आयोजना गरेको कार्यक्रममा लेखिकाद्वय प्रतीक्षा र सगुना शाह तथा लेखक घनश्याम खड्काले संयुक्तरुपमा उक्त उपन्यास सार्वजनिक गर्नुभएको हो । उपन्यासमा वर्तमान मानिसभित्रका बेचैनी, अशान्ति,बेखुसी र अन्तरद्वन्द्वका एक र अनेक कथा तथा आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना तथा दुर्घटनालाई समावेश गरिएको छ ।