काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावाखण्डको यथाशीध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चार प्रधानमन्त्री फेरिए पनि चार किलोमिटर सडक निर्माण नभएको बताएका हुन् ।
“चारवटा प्रधानमन्त्री फेरिए, चारैवटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन ।चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । सभामुख मार्फत भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु।”
“यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब ।” उनले भने ।
त्यहाँका जनता आक्रोशित भएको उनले उल्लेख गरे । अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउन सक्ने उनले बताए । यसैगरी बास्कोटाले काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावाखण्डको यथाशीध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बास्कोटाले काभ्रे तरकारीका निम्ति पकेट क्षेत्र भएको भन्दै उनले कोल्ड स्टोर निर्माणका निम्ति बजेटको व्यवस्था गर्न समेत माग गरे ।