काठमाडौँ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय लघुकथा प्रतियोगिताका विजयी श्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पुरस्स्कृत श्रष्टाहरूलाई नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, काठमाडौँ विश्वविद्यालयका भाषा तथा आमसन्चार विभागीय प्रमुख डा. निर्मलमणि अधिकारी र प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगितामा डा. टीकाराम पोखरेलको “डोजर र मान्छे” लघुकथा प्रथम, डा. अजय रिसालको “प्रेमकी देवी” लघुकथा द्वितीय, धन्वन्तरी मिश्रको “विकृत प्रदूषण” लघुकथा तृतीय र गङ्गा बस्नेत खड्काको “गरिमा” लघुकथाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशी क्रमश: २० हजार, १५ हजार, १० हजार र ५ हजार रहेको थियो ।
कार्यक्रममा पुरस्कृत श्रष्टाहरूले आआफ्ना कथा वाचन गरेका थिए ।