
काठमाडौं । प्रतिपक्ष दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको छ ।
आज मंगलबार सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन् ।
सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले शून्य समय सकिएर विशेष समय सुरु भइसकेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन् । उनले बोलिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कुन नियमअन्तर्गत बोल्न दिइयो भन्दै आपत्ति जनाए । उनले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरे । त्यसपछि रास्वपा र नेकपा (माओवादी केन्द्र)का सांसदले आफ्नो आसनमा उभिएर विरोध गरे ।



