पाँचखाल,काभ्रे । नेकपा एमाले पाँचखाल नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले आगामी कार्यकालको निम्ति अध्यक्षमा विष्णु पौडेललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
पौडेलको नेतृत्वमा उपाध्यक्ष प्रकाश ब्लोन,सचिव राधाकृष्ण श्रेष्ठ,उपसचिव नविन लामा र विमला तिमल्सिना निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन भव्य समारोहबिच एमाले पोलिटव्यूरो सदस्य माननीय गोकुल प्रसाद बास्कोटाले गरेका थिए ।