
तुलसीपुर । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।
स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए अनुसार प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको हो ।
लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।
स्थापना दिवसको अबसरमा आज प्रदेशभर सार्वजनिक विदा समेत दिइसकिएको छ ।




