काठमाडौं । मधेसकेन्द्रित ८ दलहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको बैठकले संविधान संशोधन, मधेस आन्दोलन र अबको राजनीतिक यात्राका बारेमा एकजुट हुन कार्यदल बनाएका हुन्।
८ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।
कार्यदलमा जसपाबाट मोहम्मद इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगालाल चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट ब्रेजेश सिंह छन्।