काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू -२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि सुरू हुनेछ।
पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।
आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो।
आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो।
नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ।