
काठमाडौं ।मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी गरेका छन् ।
मोर्चा गठनका लागि गठित कार्यदलको बैठक आज बस्दै छ ।
कार्यदलको पहिलो बैठक आज बिहान ११ बजे काठमाडौंमा बस्दै छ ।
जनता समाजवादी पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनप्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बैठकमा सहभागी हुने उक्त ब्ैठकले मोर्चा निर्माणको खाका तयार गर्ने, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डा तयबारे छलफल हुने बताइएको छ।






