
ललितपुर।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न सुझाव दिएका छन्।
शनिबार पार्टीले ललितपुरमा गरेको कार्यक्रमा हिटलरलेजस्तो फासिस्ट बनेर नेपालमा पार लगाउन नसक्ने बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक विधिबाट चल्न सुझाव दिएका हुन्।
‘फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न। लोकतान्त्रिक बन्नुस्। लोकतान्त्रिक विधि अवलम्बन गर्नुस्। अरूको मान सम्मान गर्न जान्नुस् र सहकार्य गर्नुस्’ उनले भने।






