काठमाडौं । आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमाराष्ट्रिय सभाअन्तरगतविधायनव्यवस्थापन समितिको ३२ औँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपालकानूनव्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथिदफावार छलफलहुदैछ ।
यस्तै, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३ औँ बैठक बस्दैछ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफलहुदँैछ । बैठक बिहानको ११ः३० बजे बस्दैछ ।
त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएकाआयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दशवर्ष पछी पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धीआयोगको धारणा सम्बन्धमा छलफल हुदैछ ।
आजै महिलातथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ः०० बजेबस्ने बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमानअवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुने भएको छ ।
यस्तै, आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । दिउसो १ बजे बस्ने बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक“ सम्वन्धमा छलफल हुने भएको छ ।