काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आजै राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।
नगरपालिकाको हलमा मतगणना गर्ने तयारी गरेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले जानकारी गराए ।
मतपत्रका सबै बाकस आउनु पर्यो । भण्डारण गर्नुपर्यो । सर्वपक्षीय छलफल पछि,’ पौड्यालले ‘सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुन्छ ।’
हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कीर्तिपुरमा ३१ हजार ११२ मतदाता रहेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।