
काठमाडौं । आसन्न उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार नरेश श्रेष्ठले आफ्नो उमेदवारी निष्क्रिय गरेका छन् । उनले अर्का स्वतन्त्र उमेदवार राजमान महर्जन (मानव)लाई सहयोग/समर्थन गर्ने घोषणा गरेका हुन् ।
सोमबार बिहान पाँगामा आयोजित चुनावी प्रचार कार्यक्रममा उनले महर्जनलाई मत दिन आग्रह गरे । महर्जनका पक्षमा मत माग्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि पाँगा पुगेका छन् । उनले महर्जनलाई जिताउन आग्रह गरे ।महर्जनले केटाकेटी चुनाव चिह्न पाएका छन् ।
सरसफाइ अभियान चलाउँदै आएका स्वतन्त्र उमेदवार महर्जन ०६० सालसम्म नेकपा (एमाले)मा आबद्ध थिए ।महर्जनलाई समर्थन गर्ने बताएर उमेदवारी निष्क्रिय गरेका श्रेष्ठले पानीको बोतल चुनाव चिह्न पाएका छन् स्थानीय तहका रिक्त पदमा जनप्रतिनिधि छान्न यही मंसिर १६ गते मतदान हुँदै छ ।






