काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ ।
आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।
दिउँसो ३ देखि ५ बजेसम्म अन्तिम नामावलीमा रहेका उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ।