काठमाडौं । यहि मंसिर १६ मा हुने उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन कार्यालयहरु स्थापना गरिएका छन् ।
यसमा ३२ मुख्य निर्वाचन अधिकृत र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् ।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा कुल ३६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मंसिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने उनले बताइन् ।
उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।



