
.पोखरा । गण्डकीका नवनियुक्त मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई वन तथा वातावरण मन्त्री बनाएका थिए।
सोमबार अपराह्न मन्त्री पौडेलले शपथ लिएका हुन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्री पौडेललाई शपथ गराएका हुन्।
उनी नेपाली काँग्रेसका तर्फबाट सरकारमा सामेल भएका हुन् ।



