काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमति कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिबद्ध रहेको बताएका छन्।
पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरे। उनले सोही सहमतिको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए।