
काठमाडौँ ।लायन्स चाबहिल सिटीकाे साप्ताहिक कार्यक्रम लायन्स वर्ष २०२६ जुलाई १ देखि जुलाई ७ सम्म मनाइने लायन्स सेवा सप्ताह अन्तर्गत यस वर्ष पनि लायन्स क्लब काठमाडौं चाबहिल सिटीले विविध सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । १ जुलाई २०२६ (बुधबार) अपाङ्ग पुनर्स्थापना केन्द्र, नेपाल, गोकर्णेश्वरमा ३१ जना बालबालिकाहरुकाे लागि स्टेशनरी, खाद्यान्न सामानहरु हस्तान्तरण । २ जुलाई २०२६ धुम्बाराही वृद्धाश्रममा १८ जना जेष्ठ नागरिक आमाहरूलाई दिवा भोजनकाे व्यवस्था गरिएकाे ।

३ जुलाई २०२६ वृहत रक्तदान कार्यक्रम, ‘डिडब्लुआईटि’ शाेसियल सर्भिस क्लबकाे सहकार्यमा डियरवाक कम्प्लेक्स, सिफलमा ३७ जना विद्यार्थी रक्तदाताहरुले रक्तदान गरे । ४ जुलाई २०२६ शंखरापुर, देउरालीमा वृक्षारोपण, संरक्षण तथा सरसफाइ कार्यक्रम गरिएकाे ।

५ जुलाई २०२६ मा तारकेश्वर पुनर्स्थापना केन्द्रमा ४४ जना अपाङ्गहरुलाई भोजन गराएकाे । ६ जुलाई २०२६ श्री कालिका मा.वि., ककनी, नुवाकोटमा निःशुल्क आँखा शिविर, उक्त शिविरमा विरामीहरुका लागि ओैषधि र चस्मा नि:शुल्क वितरण गरिएकाे थियाे । ६ जुलाई २०२६ मा स्कुल ग्यालाक्सी पव्लिक स्कुल, कलैयामा निःशुल्क आँखा शिविर सञ्चालन, उक्त दुईदिने शिविरमा ११४८ जना बालबालिका र अभिभावककाे आँखा परिक्षण गरियाे ।
उक्त शिविरमा नि:शुल्क ओैषधि वितरण गरिएकाे थियाे । ७ जुलाईमा विशेष स्कुल तथा पुनर्स्थापन केन्द्र, गाेठाटारमा ६२ जना बालबालिकाहरुकाे लागि खाद्यान्न, स्टेशनरी, खेलकुदका सामानहरु हस्तान्तरण । लायन नित्या अर्यालकाे अध्यक्षता भएकाे कार्यक्रममा लायन धनराज भँडेल, लायन देवीप्रसाद पन्त, लायन सुरेन्द्र अधिकारी, लायन बिमल पाैडेल, लायन विन्दु अर्याल, लायन महाविर रिसाल, लायन राकुमार गुरुङ, लायन हिमालय सिग्देल, लायन सनत मानन्धर, लायन नम्रता रिसालले मन्तव्य राख्नु भएकाे थियाे । साथै उक्त साप्ताहिक कार्यक्रममा करिव दुई लाख रुपैयाँ बराबरकाे सामान हस्तान्तरण गरिएकाे काेषाध्यक्ष लायन प्रधुम्न जाेशीले वताउनु भयाे ।








