
बागलुङ । बागलुङ नगरपालिका–४, बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बाढीले कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४, बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।






