
काठमाडौं । नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् ।
यो प्रतियोगितामा भारत अपराजित छ । भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा आएको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजे खेल सुरु हुनेछ । आज विजयी हुने टिमले उपाधिका निम्ति नेपालसँग खेल्नेछ ।
समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो ।





