
काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई २(० ले पराजित गरेको छ ।
नयाँ सिजन लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो ।
गएराति भएको खेलमा लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा १३औं मिनेटमा डियाज र उनकै पासमा सालाहले ७०औं मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गरे ।



